Section 36
मालसामान नियन्त्रण (रिटेन्सन) मा लिने अधिकारको प्राथमिकता
कानूनको कार्यान्वयनबाट मालसामान नियन्त्रण लिने अधिकारको सृजना भई त्यस्तो मालसामान कब्जामा लिएको अवस्थामा सो मालसामानमा धितोको हक परिपक्व भए तापनि त्यस्तो मालसामानउपर देहायका अवस्थामा नियन्त्रणमा लिने अधिकारले प्राथमिकता प्राप्त गर्नेछः–
(क) त्यस्तो मालसामानका सम्बन्धमा सामग्री वा सेवाबापतको भुक्तानी सुरक्षित गर्न त्यस्ता मालसामान कब्जा लिने व्यक्तिको पक्षमा सो नियन्त्रण लिने अधिकार सृजना भएको भएमा, र
(ख) त्यस्तो सामग्री वा सेवा नियमित व्यावसायिक कारोबारको सिलसिलामा उपलव्ध गराइएको भएमा ।